प्रदेश

मुगु दुर्घटनाका १४ घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो (अपडेट)



मुगु,२६ असोज। मुगुमा मंगलबार भएको बस दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बस सडकबाट साढे दुई सय मिटर तल खसेको छ । अहिले उद्दार भइरहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी श्रेष्ठको भनाइ छ । घाइतेमध्ये एक जनालाई आफन्तले जिल्ला अस्पताल गमगढी लगेका छन् ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६