मुगु, २६ असोज। मुगुमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको सँख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र ४ जनाको घटनास्थलबाट नेपालगञ्ज उपचारका लागि ल्याईसकेपछि नर्सिङ होम र कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी जानकारि दिए। बसमा ४५ जना सवार रहेको उनले बताए।
घाईतेहरुको खोजी कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले १२ जना र १ बच्चा गरि १३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार भईरहेको जानकारि दिए।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो २ बजे छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो।गृहमन्त्री बालकृष्ण खाँणले पनि घाईतेहरुको यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन्। मन्त्री खाणको निर्देशन अनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पठाईएको थियो।








प्रतिक्रिया