प्रदेश

गोरखामा जीप दुर्घटना हुदाँ चालकसहित १४ जना घाइते



गोरखा ,२६ असोज। गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् ।

बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।

सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको डिएसपी प्रकाश दाहालले बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६