प्रदेश

देशभरका १३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित



काठमाण्डौ, २६ असोज । नेपालमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक महिना अघि देशभरका १३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको थियो । तर हाल ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला ७ मात्रै रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जनजीवन सामान्य बनेपनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । बितेको २४ घण्टामा देशभर ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर १ लाख २७ हजार ५ सय ३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६