प्रदेश

रूपन्देहीकाे मोतिपुर औद्योगीक क्षेत्रमा जारी कर्फ्यू आज राति १२ वजेदेखि हटाइने



बुटवल असाेज २६ । रूपन्देहीकाे मोतिपुर औद्योगीक क्षेत्रमा जारी कर्फ्यू आज राति १२ वजेदेखि हटाइने भएको छ । औद्योगीक क्षेत्रकाे जग्गा अतिक्रमण गर्ने व्यक्ति र सुरक्षाकर्मीबीच झडप हुँदा चारजनाकाे मृत्यु भएपछि स्थिति नियन्त्रणमा लिन आइतबार दिउसो ४ बजेदेखि रुपन्देही प्रशासनले कर्फ्यू लगाएको थियो ।

औद्योगिक क्षेत्रमा देखिएको तनाव शान्त बन्दै गएकाले आज राति १२ पछि कफ्यु हटाउने जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जानकारी दिएकाे छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विज्ञप्ति जारी गर्दै कफ्यु हटे पनि निषेधाज्ञा जारी रहने बताउनुभएकाे छ ।                                                  पूर्वतर्फ तिनाउ नदी पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तर शिवनगर रानी गञ्ज बस्ती र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) निषेधाज्ञा लगाइएको छ ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६