प्रदेश

मुगु बस दुर्घटनामा ज्यान गुमाएका ३२ मध्ये २४ जनाको परिचय खुल्यो । (अपडेट)



काठमाण्डौ, २७ असोज । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका(७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायाँनाथ रारा नगरपालिका १० की १८ वर्षकी पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षकी प्यारी विक (कामी), ३५– ३६ वर्षका दानबहादुर रावल, २२ वर्षका सन्तोष बिकालुको ज्यान गएको छ ।

त्यसैगरी, वडा नम्बर १२ का २२ वर्षका छाता साउद, वडा नम्बर १० की २० वर्षकी सरिता खड्का, १८ वर्षका अमर साउद र २२ वर्षका सुनबहादुर विक, वडा नम्बर १४ का २२ वर्षका कर्णसिंह बुढा, १९ वर्षका शिव बुढा र २० वर्षका रुपसिंह कार्की,  वडा नम्बर १ की २३ वर्षकी चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ वर्षकी राममाया धामी, वडा नम्बर ११ का २२ वर्षका प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षका अजय कार्की, ३२ वर्षकी कमला बीसी राउतको ज्यान गएको छ ।

यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षका मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षका प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा २० पुरुष, १० महिला र दुई जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पुष्टि गर्नु भएको छ ।

११ जना घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । दुई वर्षकी एक बालिकालाई भने सामान्य मात्रै चोट लागेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले  जानकारी दिनुभयो । हिजो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

बसमा ४५ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटना पछि मुगु जिल्ला शोकमा डुबेको छ ।

प्रकाशित : २७ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६