प्रदेश

रुपन्देहीको मोतीपुरमा लगाइएको कर्फ्यु गएराति १२ बजेदेखि हट्यो ।



रुपन्देही, २७ असोज । रुपन्देहीको बुटवलमा रहेको मोतीपुर प्रस्तावित औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । आइतवार चार जनाको ज्यान जाने गरी भएको झडपपछि स्थिति नियन्त्रणमा लिन यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने क्रममा भएको झडपमा चार जना नागरिकको ज्यान भएको थियो भने चार दर्जन बढी प्रहरीसहित ८० जना घाइते भएका थिए ।

चार जना प्रहरीको काठमाण्डौमा उपचार भइरहेको छ । मृतकका परिवारलाई प्रदेश सरकारले १र१ लाख दिने घोषणा गरेको छ । थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरुको सरकारले निस्शुल्क उपचार गर्ने बताएको छ । मोतीपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ । 

प्रकाशित : २७ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६