जीवनशैली

वर्तमान सरकार लेनदेको अबैध बाटोबाट बनेकोहो : ओली



काठमाडौँ २८ असोज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लेनदेनबाट बनेको आरोप लगाएका छन् ।

दसैँ मनाउन गृह जिल्ला झापा पुगेका ओलीले गजेन्द्र हमाललाई मन्त्री बनाइएकोप्रति व्यङ्ग्य गरेका हुन् । पूर्वप्रधानमन्त्री ओलीले बिहीबार झापामा आफैँले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट भएको बताए ।

“यो सरकार वार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो । पैसाको कारोबार भयो भएन थाहा छैन, वार्टर सिस्टमचाहिँ यसपटक देखियो,” उनले भने ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालिन उद्योगमन्त्री हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिएका थिए ।

देउवाले परमादेशबाट देउवालाई लेनदेनका आधारमा प्रधानमन्त्री बनाउन आदेश दिएको भन्दै घुमाउरो पारामा प्रधानन्यायाधीश जबराको व्यङ्ग्य गरेका थिए ।

भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका थिए । ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो ।

प्रकाशित : २८ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६