प्रदेश

अफगानिस्तानको मस्जिदमा विष्फोट १६ जनाको मृत्यु



काठमाडौं, ३० असोज । अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विष्फोट हुँदा १६ जनाको ज्यान गएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विष्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।

विष्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विष्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ । गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विष्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६