प्रदेश

सल्यानका एक पुरुष ववई नदीमा डुवेर वेपत्ता



दाङ, ३० असोज । सल्यानका एक पुरुष शुक्रवार विहानै ववई नदीमा डुवेर वेपत्ता हुनु भएको छ । वेपत्ता हुनेमा कालिमाटी ७ बोटनी बस्ने ३५ बर्षिय श्याम विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख एवं डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो । विहान आठ बजेतिर श्रीमती संगै बबई नदीमा नुहाउन गएको बेला ढुङगाबाट चिप्लिएर नदीमा वेपत्ता भएको उहाले जानकारी दिनुभयो ।

श्रीमान् नदीमा डुवेर वेपत्ता भएको श्रीमतीले प्रहरीलाई जानकारी गराएको उहाले जानकारी दिनुभयो । वेपत्ता भएका पुरुषको घुईयाबारी प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानियले खोजी कार्य गरे पनि अहिले सम्म फेला नपरेको प्रहरीको भनाई छ । अहिले पनि उहाको खोजी कार्यजारी रहेको बताईएको छ ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६