दाङ, ३० असोज । पश्चिम दाङको बबई गाउँपालिका र बालापुरबाट जुवा खेलेको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरी कारवाही गर्ने सर्तमा छोडेको छ । जुवा खेलेको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका–२ बालापुरका रोशन डाँगी, सोहि ठाउँका नुमेश डाँगी, लोक बहादुर वली, दलबहादुर डाँगी, दंगीशरण गाउँपालिका–७ निबासी पूर्णबादुर डाँगी र वडा नं ५ निबासी कमल वलीलाई आईतवार प्रहरी कार्यालयमा उपस्थित हुने गरी छोडिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
दलबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलिले ६५ हजार नगद सहित गएराति १० बजे उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरु माथी आबश्यक अनुसन्धान गरी कारवाही गरिने डिएसपी अर्यालले जानकारी दिनुभयो ।यसैगरी पश्चिम दाङको बबई गाउँपलिकाबाट पनि जुवा खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बबई गाउँपालिका–२ सितापुर निबासी गोपाल शर्माको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले करिब २६ हजार नगद सहित उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकांस विद्यार्थी उमेर समुहका भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।पक्राउ परेका उनीहरुलाई आगामी दिनमा जुवातास नखेल्ने सर्तमा छोडीएको उहाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक नविन चुडालको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरुलाई करिब साढे ११ बजे राति पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरु विद्यार्थी उमेर समुहको भएकाले पहिलो पटक आबश्यक सम्झाईबुझाई गरी छोडिएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया