प्रदेश

रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जनको क्रममा एकको मृत्यु



रुपन्देहि, ३१ असोज ।  रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ बर्षिय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुईमोहानमा मुर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राती भारतीय गोताखोरले निकालेका थिए । शसस्त्र प्रहरी र नेपाल प्रहरीले राती सम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिईएको थियो ।

भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरु नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाई बुझाई शव भैरहवा भिम अस्पतलामा ल्याई पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए ।

दुर्गा मूर्ति बिर्सजनको क्रममा प्राय वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसै गरि मृत्यु भएको थियो । बिर्सजनलाई लिएर प्रहरीले उच्च सर्तकता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६