प्रदेश

कपिलवस्तुमा चाडपर्वमा साम्प्रदायिक घटना नहुनु ठुलो उपलब्धीः प्रजिअ पाण्डे



हरि घिमिरे, ३१ असोज । विजया दशमीका अवसरमा कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको दुर्गा भगवतीको मुर्ति शनिवार बिर्सजन गरिएको छ । कृष्णनगरमा मुर्ति बिसर्जनकाक्रममा बिगत बर्षहरुमा साम्प्रदायिक घटना भएका थिए । यस बर्ष अहिले सम्म कुनैपनि साम्प्रदायिक घटना नभएकोले यसलाई निकै महत्वका साथ हेरिएको छ ।

कपिलवस्तु जिल्ला प्रशासनले यस बर्ष अपनाएका चाडपर्व लक्षित सुरक्षा योजना, प्रहरीले गरेको सार्वजनिक सुनुवाई तथा सद्भाव कार्यक्रमको प्रभावले घटना नभएको प्रजिअ चक्रपाणि पण्डेले प्रेसपाटिलाई जानकरी दिनुभयो । उहाँले चन्द्रौटा र कृष्णनगरमा लागेको दाग मेटाउने उदेश्यले चाडपर्व सुरु हुनासाथ सुरक्षा गस्तीमा तिव्रता, मदिरा बिक्र वितरणमा रोक, भारतिय समकक्षि संग अनौपचारी रुपमा गरिएको बैठको प्रत्यक्ष प्रभावले यसपटक केहि अप्रिय घटना नघटेको बताउनु भएको छ ।

त्यसै स्थानिय तहका पदाधिकारीहरुले आ–आफ्नो भुमिका निर्वाह गर्नुभएकोले सुरक्षित  साथ मुर्ति बिर्सजन गर्न सजिलो भएको थियो । कपिलवस्तु जिल्लाको कृष्णनगरमा सधैका बर्ष घटेका घटनाले त्यहाँको स्थानियतहलाई दवाद बढेको थियो । यस बर्ष कृष्णनगर नगरपालिकाले अत्यन्तै चासो देखाएकोले सहजताका साथ मुर्ति बिर्सजन गरिएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ । 

यस्तै विभिन्न सञ्चार माध्यमहरु बाट प्रशारित तथा प्रकाशन गरिएका सुचनाले आम  जनतामा सचेतना भएको प्रजिअ पाण्डेले बताउनु भयो । उहाँले अहोरात्र खट्नु भएका शुरक्षकर्मी, स्थानिय तहका जनप्रतिनिधी, नागरिक समाज, सञ्चारकर्मी, अगुवा समाजसेवि लगाएत सबैलाई आभार व्यक्त गनुभएको छ ।

बाजागाजा सहित स्थानीय नदीमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको हो । जिल्लाका १० पालिका अन्र्तगत बिभिन्न गाउँ टोलका चोकमा दशैको अवसरमा मुर्ति प्रर्दशन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मुर्तिहरुको बिशेष हवन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुका १० पालिकामा ३ सय ७१ वटा दुर्गा भगवतीको मुर्ति बनाई राखिएको थियो । १५ हजार देखि ५० हजार बढी मुल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थपनाका दिन र अधिकांसले सप्तमीका दिन पुजापाठ गरी निकालेका थिए । दुर्गामुर्तिलाई भक्तजनहरुले बाणगंगा नदीको रामघाट लक्ष्ममणघाट, सुरई बेल नदी तथा बिभिन्न नालामा भब्यरुपमा बिर्सजन गरेका थिए । नवरात्रमा दुर्गा भगवतीको ब्रत बसी पुजापाठ गर्नाले मनोकक्षां पुरा हुने धार्मिक बिश्वास रही आएको छ । ३ सय ७१ मुर्ति मध्ये २ सय २६ वटा शनिवार नै सेलाइएको छ । शनिवार १ सय ३३ वटा मुर्ति बिर्सजन गरिएका छन । बाँकी रहेका मुर्ति पनि कार्तिक २ गते बिर्सजन गरिने छन ।  मुर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत लागेको थियो । संभावित घटनालाई मध्यनजर गर्दै ठाउ ठाउमा प्रहरी परिचालन गरिएको थियो ।

साम्प्रदायिक घटना हुन सक्ने संभावित घटनालाई मध्यनजर गरी नवरात्र भर ठुलो मात्रमा प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो । कृष्णनगरमा हुन सक्ने संभावित दंगालाई रोक्न म्र्ति बिर्सजन दिउसो ४ बजे नै गरी सक्नु पर्ने नगर प्रमुख रजत प्रताप शाह सहीतको सर्वपक्षीय समितिले निर्णय समेत गरेको थियो । शनिवार कृष्णगनर क्षेत्रमा मुर्ति बिर्सजनकाक्रमा नेपाल र सशस्त्र प्रहरी गरी ३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक कार्कीले बताउनु भयो ।

मुर्ति बिर्सजन शान्तपुर्वक संपन्न गर्न कृष्णनगर क्षेत्रमा सिसि टिभिले समेत निग्रानी गरिएको थियो । मुर्ति बिर्सजनकाक्रममा हुन सक्ने संभावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको थियो । 

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६