प्रदेश

मोटरसाइकल दुर्घटना, २ को मृत्यु, १ घाइते



कैलाली,३१ असोज । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार त्यही ठाउँका १८ वर्षकै केशव मगरको ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ । तीब्र गतिमा चलाउँदा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६