प्रदेश

एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज र पदाधिकारी, कहाँ कसको जिम्मेवारी ?



काठमाडौं, ३१ असोज । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८ प्रदेशको इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको हो ।

एकीकृत समाजवादीले गत बिहीबार अन्तरपार्टी निनर्देशिनका (अपानि)–२ जारी गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ । यसतै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् ।

न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ । ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ ।

हेर्नुस् सूची

प्रदेश नम्बर १

इञ्चार्जः घनेन्द्र बस्नेत

सहइञ्चार्जः राजेन्द्रकुमार राई

अध्यक्षः सुरेश कार्की

उपाध्यक्षः बलदेव चौधरी

उपाध्यक्षः राजन राई

सचिवः महेश रेग्मी

उपसचिवः सरिता थापा

प्रदेश नं. २

इञ्चार्जः धर्मनाथप्रसाद साह

सहइञ्चार्जः रामप्रित पासवान

सहइञ्चार्जः रत्नेश्वर गाईत

सहइञ्चार्जः कल्याणी खड्का

अध्यक्षः रामचन्द्र यादव

सचिवः लक्ष्मण पौडेल

वागमती प्रदेश

इञ्चार्जः केदार न्यौपाने

सहइञ्चार्जः जीवनराम श्रेष्ठ

सहइञ्चार्जः कृष्ण खनाल

अध्यक्षः सावित्रा भुसाल

सचिवः लक्ष्मण लम्साल

गण्डकी प्रदेश

इञ्चार्जः केशवलाल श्रेष्ठ

सहइञ्चार्जः चुडामणी जंगली

सहइञ्चार्जः शारदा सुवेदी

अध्यक्षः तुलबहादुर गुरुब

उपाध्यक्षः रामजी शर्मा

सचिवः प्रतावलाल श्रेष्ठ

उपसचिवः श्रीनाथ बराल

उपसचिवः रेखा थापा

लुम्बिनी प्रदेश

इञ्चार्जः भागवत विश्वासी

सहइञ्चार्जः सोमप्रसाद पाण्डे

सहइञ्चार्जः दलबहादुर सुनार

अध्यक्षः मेटमणी चौधरी

सचिवः राजु गरुङ

कर्णाली प्रदेश

इञ्चार्जः प्रकाश ज्वाला

सहइञ्चार्जः चन्द्रबहादुर शाही

सहइञ्चार्जः हंशबहादुर शाही

सहइञ्चार्जः शेरबहादुर के।सी।

सचिवः ठगेन्द्रप्रकाश पुरी

सुदुरपश्चिम प्रदेश

इञ्चार्जः गरिमा शाह

सहइञ्चार्जः प्रेम आले

सहइञ्चार्जः निरा जैरु

सहइञ्चार्जः रामकुमार ज्ञवाली

अध्यक्षः बिक्रम शाही

उपाध्यक्षः हर्कबहादुर सिंह

उपाध्यक्षः शेरबहादुर कुँवर

सचिवः दिनेशचन्द्र सुवेदी

उपसचिवः दीर्घ सोडारी

उपसचिवः तारा लामा

उपसचिवः माया भट्ट

उपत्यका विशेष प्रदेश

इञ्चार्जः विश्वनाथ प्याकुरेल

अध्यक्षः केदार सञ्जेल

सचिवः विष्णु लम्साल

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६