तुलसीपुर १ कात्तिक.।दाङमा पाक्नै लागेको धानबालीमा लगातार परेको पानीले ठूलो क्षति पुर्याएको छ। आज राती देखि परेको लगातारको पानीले पाकेको धान सखाप पारेपछि किसान चिन्तित भएका छन्। तारको पानीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्याएको किसानले बताएका छन्। तुलसीपुर १२ का स्थानीय बन्धु चौधारीका अनुसार पानीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हेमनगर जस्पुर क्षेत्रमा लगाएको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको जानकारी दिएका छन । बर्ष भरी खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकोले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको चौधरीले बताए।
लगातारको कात्तिके झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको छ।








प्रतिक्रिया