प्रदेश

काभ्रेमा सङ्क्रमणको सङ्ख्या शून्य



काभ्रेपलाञ्चोक १ असोज । जिल्लामा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।

केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एकमा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लाको चार गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । अघिल्लो हप्तादेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । मण्डनदेउपुर नगरमा दुई तथा तेमाल गाउँपालिकामा एक र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा २३, पाँचखालमा १२, धुलिखेलमा १४, पनौतीमा चार, नमोबुद्ध नगरमा नौ र बेथानचोक गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ । जिल्लामा हालसम्म १४ हजार ६७९ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल सङ्क्रमितमध्ये ९९ प्रतिशत अर्थात् १४ हजार ४१८ सङ्क्रमणमुक्त भइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत असोज २६ गतेदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थपेको छ । केन्द्रले समुदायमा सङ्क्रमण दर घटिरहेको तथा साप्ताहिक रुपमा मृत्युदर घटेको अवस्थामा काभ्रेपलाञ्चोकमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६