प्रदेश

दुई दिनको बर्षाले कपिलवस्तु लगाएत आसपासका क्षेत्रका धानबाली डुवानमा ।



कपिलवस्तु , ०१ कर्तिक ।   आइतबार र सोमबार दुई दिनको वर्षाले  कपिलवस्तु ,रुपन्देही लगाएतका जिल्लामा धानबाली नष्ट भएका छन् । काटेर खेतमै सुकाउँदै गरेका तथा भर्खर काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि कृषकको लाखौं मूल्यका धान बाली नष्ट भएका हुन् ।

दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्षति व्यहोर्नु परेको छ । धान उत्पादनको पकेट क्षेत्र मानिको कपिलवस्तुका बाणगंगा, बुद्धभुमि, कपिलवस्तु नगरपालिका,  कपिलवस्तु नगरपालिका, शुद्धोदन, मायादेवि, लगाएत रुपन्देहीका ओमसतिया, सियारी, शुद्धोदन, मर्चवारी, सम्मरीमाई, कोटइमाईका  स्थानिय तहमा   धानबाली वर्षा  तथा हावाहुरीका कारण  नष्ट भएका छन् । यसैगरी तिलोत्तमा, सैनामैना, कञ्चन गाउँपालिका, देवदह लगाएतका कृषकहरुले पनि वर्षाका कारण क्षति व्यहोर्नु परेको छ । कपिलवस्तुमा यस बर्ष ७ प्रतिशतले धान उत्पादन हुने लक्ष्य लियता पनि बर्षाका कारण किसानले क्षति व्यहोर्नु परेको बताईएको छ ।

यस्तै अहिले अधिकांशका खेतमा लगाइएको राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको हुँदा बढी क्षति भएका छन् । जिल्लाभित्र अगौते अन्तर्गत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानहरुले लगाएका छन् । त्यस बाहेक मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार कृषि विकास निर्देशनालयले भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएको छ । जिल्लाहरुबाट क्षति भएको नभएको विवरण आउँन बाँकी रहेको बताउँदै निर्देशनालयका सहायक सुचना अधिकारी अनिल कुमार  बानियाले सोही अनुसार आवश्यक कदम चालिने उल्लेख गरे । यो समयमो वर्षाले धान बाहेक अन्य खेती बालिहरुलाई समेत कुनै पनि फाइदा नगर्ने बताउँदै उनले कृषकहरुलाई समेत मौसमको ख्याल गर्न आग्रह गरे ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६