प्रदेश

एमाले बाणगंगाको नगर तथा वडा अधिवेशन कात्तिक ६ र ९ गते ।



कपिलवस्तु, कात्तिक १ । कात्तिक ६ गते हुन लागेको वडा अधिवेशन र कात्तिक ९ गते हुने नगर अधिवेशन केन्द्रित नेकपा (एमाले) बाणगंगा नगर कमिटीको वैठक सोमबार सिद्धार्थ क्याम्पसमा सम्पन्न भएको छ । वैठकले वडा तथा नगर अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन मण्डल तथा निर्वाचन समितिको जिम्मेवारी प्रदान गरेको एमाले बाणगंगाले जनाएको छ ।

कात्तिक ९ गते हुने नगर अधिवेशनका लागि कात्तिक ६ गते नै वडा अधिवेशन मार्फत प्रतिनिधी चयन हुने ब्यवस्था गरिएको एमाले नेता डम्मर शर्माले जानकारी दिनु भयो । नेता शर्माका अनुसार नगर अधिवेशनका निम्ति १० जना महिला पार्टी सदस्य बराबर १ जना प्रतिनिधी चयन हुने र १५ जना पुरुष पार्टी सदस्य बराबर १ जना नगर प्रतिनिधी चयन हुने ब्यवस्था रहेको बताइएको छ । वडा अधिवेशनको हकमा भने सबै पार्टी सदस्य स्वत प्रतिनिधी रहने ब्यवस्था रहेको बताइएको छ ।

वैठकले वडा अधिवेशनको तयारीका निम्ति कात्तिक ३ गते सबै वडा तहका वैठकहरु सम्पन्न गर्ने नगर अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनु भयो । प्रतिनिधी चयनमा सबै जात, जाती समावेश हुनुपर्ने ब्यवस्था रहेको बताइएको छ । 

एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न वैठकमा  केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपाने, एमालेका केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, लुम्बिनी प्रदेशका कार्यालय सचिव तथा संविधान सभा सदस्य बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश सदस्य डम्मर शर्माले मन्तब्य राख्दै कार्यकर्ताको भावना अनुरुप नेतृत्व चयन हुने धारणा राख्नु भयो ।

वैठकमा एमाले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बाबुराम आचार्य, नगर इन्चार्ज चक्रपाणी अर्याल लगायतको आतिथ्यतामा सम्पन्न भएको एमाले बाणगंगा नगर कमिटीले जनाएको छ । 

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६