अर्थ-वाणिज्य

लुम्बिनीमा एकै दिनमा ६२२ सवारी साधान कार्वाहीमा, ४ लाख बढी राजस्व उठ्यो



दाङ, ०१ कार्तिक । लुम्बिनी प्रदेशमा एक दिनमै ट्राफिक नियम विपरित सञ्चालित ६ सय २२ वटा सवारी साधन कार्वाहीमा परेका छन् । प्रदेशका १२ जिल्लामा हिजो (आइतबार) विहान ५ बजेदेखि आज (सोमबार) विहान ५ बजेसम्म ठूला तथा साना सवारी सधान गरी ६ सय २२ वटा कार्वाहीमा परेका हुन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार ६ सय २२ वटा सवारी सधान कार्वाहीमा पर्दा ४ लाख ५३ हजार रुपैयाँ राजस्व उठेको छ । यसरी ट्राफिक नियम विपरित सञ्चालित सावारी साधन सबै भन्दा धेरै रुपन्देहीमा २ सय २७ वटा रहेका छन् । त्यसपछि दाङमा १ सय २७ वटा छन् ।

त्यसैगरी नवलपरासी पूर्वमा १०, कपिलवस्तुमा १८, बाँकेमा ४५, बर्दियामा ५१ त्यस्तै पाल्पामा ५५, गुल्मीमा २२, अर्घाखाँचीमा २३, प्युठानमा २२ र रोल्पा र रुकुम पूर्वमा ११÷११ वटा रहेको प्रहरी प्रहरी कार्यालयले जनाएको छ । यसैबीच लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा भारतबाट भन्सार छली गरी ल्याएको विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

आइतबार विहान ५ बजेदेखि सोमबार विहान ५ बजे २४ घण्टाको समयमा नवलपरासी पश्चिम र कपिलवस्तुबाट मटर, मोटर साइकल लगायतको अबैध सामान बरामद गर्दा ८ लाख ५३ हजार ६सय १० रुपैयाँ राजस्व उठेको छ । बरामद गरिएको सामानलाई जिल्लाका भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६