प्रदेश

गुल्मीमा आफ्नै छोराले गरे बाबुमाथि खुकुरी प्रहार ।



गुल्मी, ०१ कार्तिक । गुल्मीमा सोमबार छोराले बाबुमाथि खुकुरी प्रहार गरी फरार भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ रातपोखरा बस्ने ५५ वर्षीय हरिबहादुर घर्तीलाई २९ वर्षीय छोरा राजेन्द्र घर्तीले खुकुरी प्रहार गरी घाइते बनाई भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाबुछोराको सामान्य घरायसी झगडामा छोराले बाबुलाई खुकुरी प्रहार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । बाबुका टाउकोमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने छोराको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६