प्रदेश

माओवादी केन्द्रले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी, १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने ।



काठमाडौं, ०२ कार्तिक। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले बैठकमा पार्टी संगठन सुदृढीकरणलगायतका विषयमा समेत छलफल भएको उनले बताए । मंगलबार(आज)  बैठक बस्ने र आवश्यक निर्णय गरिने महराले जानकारी दिए । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६