प्रदेश

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार



बुटवल। लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन्।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन्।

दाङका इन्द्रजीत थारूले स्वास्थ्य तथा जनसंख्या, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रुपमा शपथ लिएका छन्। त्यसैगरी रिना नेपाल विकले पर्यटन ग्रामीण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिँचाइ, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा शपथ लिएकी छन्।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६