प्रदेश

काठमाडौँमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना



काठमाडौँ २ कार्तिक । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ पिपलामोड नजिकै ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

ना७ख ३९४९ नम्बरको ट्रक पिपलमोड र ढलानको बीचमा सोमबार राति १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

ट्रक दुर्घटना हुँदा बाटोभरी ग्यास सिलिन्डरहरु छरिएका कारण राति दुईतर्फी आवतजावत बन्द भएको थियो । र्‍याकरको माध्यमबाट ट्रकलाई हटाएपछि मंगलबार बिहानदेखि राजमार्ग सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले जानकारी दिए ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६