प्रदेश

पाल्पामा पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र



पाल्पा २ कार्तिक  । पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् ।

निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडकखण्ड २४ घन्टादेखि अवरुद्ध छ । स्थानीय बसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ । गाईघाट, बैकुण्ठे भिर, हात्ति ढुङगालगायतका ठाउँमा पहिरो गएको हो ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घन्टाभित्र पहिरो हटाउन सकिने उनले बताए ।

प्रेमको प्रतिक रानीमहल घुम्न दसैँलगत्तै पाल्पासहित छिमेकी जिल्लाहरुः गुल्मी, स्याङजा, पर्वत, बाग्लुङ, काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन् ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६