प्रदेश

आमरण अनसनरत रुबी खान र सरकारबीच के भयो सहमति ?



काठमाण्डौं, ०२ कार्तिक । सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएको छ। गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।

धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन्। सरकार र रूबी खानबीच छानबिन समिति बनाउनेलगायत सहमति भएको छ। खान विगत १२ दिनदेखि अनसनरत छिन्। उनी त्रिवि शिक्षण अस्पतालमा छिन्।

सहमतिसँगै उनले अनसन तोड्ने भएकी छन्। सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ।

आजै माइतीघर मण्डलमा खानले अनसन तोड्ने तयारी छ। धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आएका थिए। उनीहरूलाई प्रहरीले धर्नाबाट हटाएपछि खान अनसन बसेकी थिइन्।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६