प्रदेश

डुबान प्रभावित किसानलाई राहत उपलब्ध गराउन आयोगको आग्रह



काठमाण्डौं, ०२ कार्तिक । राष्ट्रिय किसान आयोगले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ । आयोगले वर्षा, बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका अल्पकालीन र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गरेको हो ।

धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको आयोगको ठहर छ । केही दिनयता मुलुकका अधिकांश स्थानमा परेको अबिरल वर्षापछि आएको बाढी र डुबानले धानबाली नष्ट पारेपछि किसानहरू चिन्तित छन् ।  

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६