प्रदेश

प्रदेश राजधानीको भौतिक संरचना निर्माण लागि मुख्यमन्त्री सहितको मन्त्री टोली दाङमा



प्युठान, ०२ कर्तिक । प्रदेश राजधानीका लागि भौतिक संरचना निर्माण प्रक्रियाका लागि उपयुक्त ठाउँको अवलोकनका लागि लुम्बिनी प्रदेश सरकर ठाउँ खोज्दै मुख्यमन्त्री कुल प्रसाद के.सी.सहितको मन्त्री टोली दाङमा पुगेको छ ।

मुख्यमन्त्री कुलप्रसाद के।सी। संगै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्मा, स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारू, पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री डिल्ली चौधरी र पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल बि.क. लगायतको टोली राप्ती गाउँपालिकाका संभावित स्थानमा अवलोकन भ्रमणमा आएको आर्थिक मामिला तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

राप्ती गाउँपालिका–२ करम्दी र कालिका सामुदायिक २६÷२६ गरी ५२ हेक्टर क्षेत्रफलको अवलोकन गरिएको छ भने निर्माणधिन अवस्थामा रहेको प्रदेश सभा भवनको समेत निरिक्षण गरिएको छ । सभा भवनको रोकिएको काम र प्रदेशको पूर्वाधार निर्माणका लागि अवलोकन पश्चात निर्णय लिने खड्काको भनाइ छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६