प्रदेश

बाणगंगा नगरपालिकाको टोली वालि डुवान क्षेत्रमा ।



हरि घिमिरे, ०२ कर्तिक ।  तीन दिनदेखि लगातार परेको वर्षाका कारण  कपिलवस्तु जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । किसानको समस्यालाई मध्यनजर गरेर बाणगंगा नगरपालिकाको टोली बालि डुवान भएका सवै वडाहरुमा पुगेको छ ।

धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले बाणगंगा मात्र नभएर मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताउनु भयो ।

डुवान क्षेत्र पुग्नु भएका खनालले भन्नुभयो “धान खेत पुगेर हेर्दा बिरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।” वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उहाँले प्रेसपाटी संग बताउनु भयो । त्यस्तै उहाँले बचेको धानलाई जति सकिन्छ सुरक्षित तरिकाले स्याहार्न भन्दौ किसानलाई कृषि विज्ञहरुसंग परार्मश लिन सुझाव पनि दिनुभको छ ।

यसैबिच डुवानक्षेत्र पुग्नु भएका नगरपालिका कृषि विकास साखा प्रमुख लेस बहादुर केसिका अनुसार करिव ९ हजार हेक्टर क्षेत्रफलमा धान बालि लगाईएको बताउनु भयो । जसमा करिब ३० प्रतिशत धान कटान भएको मध्य करिब २० प्रतिशत काटेको धान डुवेको अनुमान गरिएको छ । त्यस्तै करिब १० प्रतिशत काटेको धान किसानले भित्राएको उहाँले बताउनु भयो ।

डुवान क्षेत्र पुगेको टोलीले  करिव ३० प्रतिशत नकाटेको धान हावाहुरीले ढलाउदाँ पुर्ण रुपमा डुवेको र करिब ४० प्रतिशत धान सुरक्षीत रहेको निष्र्कष निकालेको छ ।

विगत वर्षहरुमा भन्दा यस वर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने कृषि विकास साखाले अनुमान गरेको थियो । यद्यपि वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकाले अब त्यो सम्भावना कम रहेको नगरले जनएको छ ।

किसानले लगाएको अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । धान पाके पनि किसानले दसैँका कारण धान थन्क्याउन भने पाएका थिएनन् ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६