प्रदेश

क्षतिका आधारमा धान उत्पादक किसानलाई उचित राहत दिन्छौँः मुख्यमन्त्री केसी



भालुवाङ,०३ कार्तिक । लुम्बिनी प्रदेश सरकारले लगातार परेको पानीका कारण पीडित भएका धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा गर्ने भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुई दिनदेखि परेको पानीका कारण धान भिजेर नष्ट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको र त्यसपछि किसानलाई उचित राहत दिइने बताए।‘क्षतिको विवरणहरु संकलन भैरहेको छ। क्षतीको आधारमा राहत प्याकेज घोषणा गर्छौं,’ उनले भने,‘बेमौसमी झरीले किसानलाई दुःख दियो।’

दाङको मौरीघाटमा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री केसीले पश्चिम नवलपरासीदेखि बर्दियासम्मका किसानले भित्र्याउन ठिक्क पारेको धान पानीले भिजेर नष्ट भएको सूचना प्रदेश सरकारले प्राप्त गरेको बताएका छन्। बाढी र डुबानबाट ग्रस्त क्षेत्रको आकार पहिचान गरेर सोहीअनुसार राहत दिइने जानकारी दिएका छन्।

दाङसहित लुम्बिनी प्रदेशका अधिकांश तराईका जिल्लामा लगातार परेको पानीका कारण भित्र्याउन ठिक्क पारेको धान खेतीमा क्षती गरेको छ। जसले गर्दा किसानको विचल्ली भएको छ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६