प्रदेश

रुपन्देहीको मोतीपुर घटनामा संलग्न रहेको आरोपमा एक पक्राउ



रूपन्देही,३  कार्तिक । मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई  पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बुटवल उप महानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित डेराकोठामा बस्ने ४४ वर्षीय साविरअलि मुसलमानलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार राति साढे ८ बजे डेराबाट पक्राउ गरेको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।  मोतीपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण तथा कब्जा गर्ने मनसायले उक्त स्थानमा गैर कानुनी भेला,जम्मा हुने गरेको प्रहरीको भनाइ छ।

सो काम हुने गरेको भन्दै उक्त क्षेत्रमा जिल्ला सुरक्षा समिति रूपन्देहीको बैठकले असोज २४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो।तर साविरअलिले सरकारी जग्गा अतिक्रमण गर्न मानिसहरूलाई उक्साउने, टोली गठन गर्ने जग्गा बाँडफाँट गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर बनाउने, माइन्यूट तयारको नेतृत्व गर्दै आएको आरोप उनीमाथि छ।

सोही आरोपमा प्रहरीले उनलाई पक्राउ पुर्जी दिई पक्राउ गरेको प्रहरी निरीक्षक चन्दले बताए। उनीविरूद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा मुद्दा दर्ता गरेको छ। उनीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको छ।मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो। 

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६