अर्थ-वाणिज्य

बाढी, पहिरो र डुबान प्रभावितको राहतका लागि २५ करोड बजेट विनियोजनः सुदूरपश्चिम सरकार



कैलाली,३ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

‘प्रदेश सरकारबाट राहतको लागि २५ करोड छुट्याएका छौं । वर्षा रोकिएपछि अगाडि बढाउँछौं । क्षतिका बारेमा संघ सरकारलाई जानकारी गराएका छौं,’ उनले भने, ‘किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाउँछौं । संघीय सरकारबाट पनि माग गरेका छौं ।’

बेमौसममा भएको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो क्षति भएको र उद्धार तथा राहतको काम अघि बढिरहेको मुख्यमन्त्री भट्टले बताए । आफूले उद्धार, राहत र क्षतिपूर्तिका लागि संघीय गृहमन्त्री बालकृष्ण खाँडसँग कुराकानी गरिसकेको उनको भनाइ थियो ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६