प्रदेश

रुपन्देहीको मणिग्रामककी सीता भण्डारी पौडेलको डेढ महिनापछि अन्त्येष्टी ।



रुपन्देही,३ कातिक। गत भदौ २० गते बिहान घरमै मृत अवस्थामा फेला परेकी रुपन्देहीको मणिग्रामककी सीता भण्डारी पौडेलको डेढ महिनापछि अन्त्येष्टी भएको छ ।

माइती पक्षले सीताको हत्या भएको दावी गर्दै शव बुझ्न र अन्त्येष्टी गर्न मानेका थिएनन् । पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानले झुण्डिएर आत्महत्या गरेको रिपोर्ट देखाएको थियो । यसै विषयलाई लिएर एक महिनासम्म सडक आन्दोलन नै चर्केको थियो ।प्रहरीले सीताका पति टीका पौडेल, जेठाजु तिलोत्तमा– ५ का वडा सदस्य हरि पौडेल र आमाजू विष्णुलाई पुर्पक्षका लागि थुनामा राखेको थियो ।

पौडेल परिवारले माइती पक्षलाई विवाह गर्दा लागेको १० लाख र एक लाख सापटीसहित ११ लाख रुपैयाँ दिने सहमतिपछि सीताको अन्त्येष्टि गर्न माइती पक्ष सहमत भएका हुन् । सीताको बुटवलको मगरघाटमा बुधबार अन्तेष्टि गरिएको रुपन्देही प्रहरीले जनाएको छ । आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति भएको छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको थियो । सीताले मोबाइलमा ‘सुसाइड नोट’ लेखेको भेटिएको सीआईबीको दावी छ । माइती पक्षले भने उक्त ‘सुसाइड नोट’ लाई बनावटी भन्दै आएको छ ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६