पर्यटन

अहिले सम्मकै ठूलो लगानी, क्षमता र सेवा सुविधाको रिसोर्ट शूभारम्भ



कपिलवस्तु, ३ कार्तिक। कपिलवस्तुमा पहिलो पटक अहिले सम्मकै ठूलो लगानी, क्षमता र सेवा सुविधाको रिसोर्ट सञ्चालन शूभारम्भ  भयको छ । जिल्लाको शिवराज नगरपालिका वडा २ मा स्थानीय ७ जना व्यवासायिहरुको ५० करोडको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।चन्द्रौटा देखि झन्डै तीन किलोमिटरको दूरीमा रहेको लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएपछि घुम्न जाने तथा खानपिन गर्ने ग्राहकहरूको घुइँचो लागेको छ ।    तीन बिघा क्षेत्रफलमा निर्माण भएको रिसोर्टले स्थानीय स्तरमा विकास हुनुको साथै पर्यटनमा समेत टेवा पुग्ने विश्वास रहेको छ ।रिसोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेस्टुरेन्ट, बार, फुड कोट, जिम स्प्रा सोना प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान स्विमिङ पुल रहेको छ । २२ बिगा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बिचमा बनेको यस रिसोर्टमा पर्याप्त पार्किङ, विभिन्न प्रकारका वाटर गतिविधिहरू जस्तै लाइभ फिसिङ मोटरबोटिङ, वाटर डान्सिङ्ग फिस लगायतका सेवाहरू रहेको रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।     रिसोर्टको सेवालाई थप गुणस्तरीय बनाउने उद्देश्यले नेपालमै हस्पिटालिटी क्षेत्रमा चर्चा कमाएको सिद्धार्थ हस्पिटालिटी सँग व्यवस्थापकीय साझेदारी गरिएको भण्डारीले बताए ।


पर्यटनमा जोड : रिपोर्टका घरहरू चिटिक्क पारिएको छ । रिसोर्ट वरपर ठुला ठुला पोखरीहरू छन् । रिसोर्ट भित्र आकर्षक डिजाइनका कटेजहरु छन् । आकर्षक डिजाइनको वाल उद्यान तथा स्विमिङ पुलले रिसोट सजिएको छ ।

यस ठाउँमा पुग्ने जो कोहिले पनि ग्रामीण भेगको आनन्द दिन पाउनेछन् । कपिलवस्तु लगायत लुम्बिनीमा भ्रमणमा आउने पर्यटकलाई यस रिसोर्टमा ल्याउने र यस क्षेत्रमा पर्यटकीय क्षेत्र घुमाउने गरी प्याकेज बनाउने रिसोर्ट संचालक ईश्वरी पाण्डेले बताए । ठुलो लगानीको रिसोर्ट सञ्चालनमा आएको त्यस अनुसार नै विभिन्न निकायहरू सँग सहकार्य गरिने पाण्डेले बताए ।तिलौराकोट ,शिवगढी हुदै प्युठानको स्वर्गद्वारी पुग्ने पर्यटकहरूलाई गुणस्तीर सेवा प्रवाह गरी रिसोर्ट आफैमा एक पर्यटकीय स्थल बन्ने पाण्डेको दाबी छ । मनोरम दृश्यहरू अवलोकन,सुनसान तथा एकान्त ठाउँमा रहेको रिसोर्ट पर्यटकहरूको लोकप्रिय बन्ने उद्घोष गरे । व्यवस्थापकको जिम्मेवारीमा रहेको सिद्धार्थ हस्पिटालिटी देशका धेरै स्थानमा शाखा बिस्तार गरेको र त्यस अनुसार नै यो रिसोेर्ट पनि विकास हुने उनको भनाई छ ।

स्थानीय उत्पादन उपभोग र रोजगारी :लुम्बिनी ग्रिन रिसोर्टले ६० प्रतिशत कर्मचारी स्थानीय राख्ने बताएको छ । रिसोर्ट सञ्चालनमा क्षमता रहेका स्थानीयलाई रोजगारीको अवसर प्रदान गरिने रिसोर्ट संचालन महादेव पोख्रेलले बताए । सिप भएर पनि बेरोजगार रहेका युवाहरूलाई प्राथमिकता दिँदै स्थानीयलाई ध्यान दिने उनको भनाई छ । रिसोर्टमा स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीलाई व्यवस्थापन गरी रिसोर्टले उपभोग गर्ने संचालक महादेव पोख्रेलको भनाई छ ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६