प्रदेश

बर्षातको क्षतिको लागत संकलन गरी राहतको तयारी गर्न मुख्यमन्त्री केसीको निर्देशन



बुटवल, ३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तीन दिनदेखि परेको भारी वर्षाका कारण  लुम्बिनी प्रदेशमा भएको क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् । मुख्यमन्त्री केसीले बर्षातका कारण भएका मानविय एवं धनजन क्षतिको लागत संकलन गरी राहत उपलब्ध गराउनको लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयय र प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । 

बुधबार वर्दियाको राजापुर र गेरुवा गाउँपालिका लगायत प्रदेशभरीमा बाढि, पहिरो, लगायतबाट भएको जनधनको क्षतिको अध्ययन एवं अवलोकन गरे । बर्षातले नागरिकहरुलाई निकै संकटमा पारेको भन्दै उनले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई राहतको प्याकेज बनाउन निर्देशन जारी गरे ।

मुख्यमन्त्री केसीले बर्दिया, बाके लगायत प्रदेशभरिका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्षातले पुर्याएको क्षतिको नियमित रिपोर्टिङ गर्नका लागि समेत निर्देशन दिएका छन् । उहाँले आन्तरिक मामिला तथा गृहमन्त्री तिलकराम शर्मालाई निर्देशन दिंदै नागरिकको जनधनको रक्षालाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । 

मुख्यमन्त्री केसीले राहत तथा उद्धारको लागि संघीय सरकारकासँग पनि कुरा भइरहेको बताउँदै नागरिकको जीवन र धनजनको सुरक्षा नै पहिलो दायित्व भएकाले अगाडि त्यसै अनुसार काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए । 

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६