प्रदेश

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दिइने



दाङ,
३-कार्तिक / सरकारले यस वर्ष कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

                     तर यो वर्ष भने   दशैंको विदा पर्न गएकोले ४ दिन ढिला    भएको   स्वास्थ्य तथा जनसंख्या   मन्त्रालयले जनाएको    छ । सरकारले ६   महिनादेखि  ५        वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १   वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउँदै आएको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले खोप केन्द्रमा जाँदा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६