प्रदेश

लुम्बिनी प्रदेशकाे ससद भवनको काम ठेकेदारले समयमै नसकेको भन्दै पक्राउ परेका ठेकेदार छुट



भालुवाङ ४ कार्तिक । लुम्बिनी प्रदेशकाे दाङ देउखुरीमा निर्माणाधिन ससद भवनको काम ठेकेदारले समयमै नसकेको भन्दै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) काे निर्देशनमा भवन निर्माण स्थलबाटै ठेकेदार पक्राउ परेका छन् । प्रहरीले मुख्यमन्त्रीको निर्देशनमा ठेकेदारलाई पक्राउ गरेको हाे ।

तर मुख्य ठेकेदार ल्याउने सर्तमा उनलाई छाडेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले मुख्यमन्त्रीको आदेशमा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा ठेकेदारलाई पक्राउ गरेको तर उनी मुख्य ठेकेदार नभएका कारण मुख्य ठेकेदार(उनको दाइ) लाई ल्याउने सर्तमा प्रहरीले छाडेको बताएकाे छ । एसपि काफ्लेले प्रतिनिधिका रुपमा रहेका ठेकेदारलाई २-३ घण्टा नियन्त्रणमा लिएको र पछि छाडिएको जानकारी दिएका छन्।

पूर्वाधार निर्माणमा भईरहेको ढिलाई प्रति मुख्यमन्त्री केसीको चासो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी लगायतको टोलीले मंगलवार राप्ती गाउँपालिकाको विभिन्न स्थानको स्थलगत अध्ययनसँगै पूर्वाधार निर्माणमा भईरहेको ढिलाई प्रति चासो लिएको छ । मुख्यमन्त्री केसी लगायतको टोलीले स्थलगत निरीक्षण गरेको स्थान मन्त्रालयका भौतिक संरचना निर्माण गर्दा उपयुक्त हुने भन्दै प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ । प्रदेश सरकारले स्थायी राजधानी घोषणा गरेको वर्ष दिन बितिसक्दा पनि पूर्वाधार निर्माण देखि अरु आवश्यक प्रकृयामा ढिलाई भएको गुनासो बढेसँगै मुख्यमन्त्री केसीसहितको संयुक्त टोलीले चासो लिएको हो ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६