कपिलवस्तु ४ कार्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले प्रचण्ड एकिकृत कम्प्युनिष्ट आन्दोलनको भगौडा नेता भएको आरोप लगाउनुभएको छ । नेकपा एमाले नगर कमिटी कपिलवस्तु तौलिहवाको बैठकलाई सम्बोधन गर्दै उहाले यस्तो आरोप लगाउनु भएको हो ।यस्तै एमालेका केन्द्रिय सदस्य एव कपिलवस्तुका ईन्चार्ज बिमला घिमिरेले कार्तिक ६ गते मुलुक भरका करिब ७ हजार वडाहरुमा एकैदिन एमालेको वडा अधिबेशन सम्पन्न भई ९ गते पालिका अधिबेशन समेत सानदार रुपमा हुने दाबी गर्नु भयो ।
यस्तै बैठकमा बोल्दै एमालेका जिल्ला अध्यक्ष झबिलाल पाख्रेलले निकट भविष्यमा हुने ३ तहको चुनावमा एमालेलाई पाहिलो पार्टीका रुपमा स्थापित गराउन वडा कमिटीहरु जगको रुपमा काम गर्ने बताउनुभयो । त्यसैगरि एमालेका प्रदेश कमिटि सस्दय डम्मर शर्मा, जिल्ला उपाध्यक्ष बाबुराम खनाल लगाएतले बोल्दै कपिलवस्तुमा यसपाली अधिकांश पालिकामा जित्ने दाबी गर्नुभयो ।
नगर अध्यक्ष भेषराज पाण्डेको अध्यक्षता र सचिव श्याम प्रजापतिको सहजिकरणमा भएको बैठकले नगरका १२ वटै वडा अधिबेशन गर्नका लागि अध्यक्ष मण्डलको गठन गरेको छ । जसमा वडा न. १ मा शुरज गुप्ता ,२ मा तहिरा खातुन ,३मा चन्द्र बहादुर खड्का ४मा सरिता आचार्य ,५ मा भोजराज खनाल ,६ मा रामशुभाग यादब ,७ मा सुन्दर पाण्डे ,८ मा हिरालाल पौडेल ,९ मा देबराज पाण्डे ,१० राममिलन चौधरी ,११ मा श्याम प्रजापति र वडा नं १२ मा किरण देबकोटलाई अध्यक्ष मण्डलको अध्यक्ष तोकेको छ ।
एमाले नगरकमिटी तौहिलावाको अधिबेशन कार्तिक ९ मा हुने र वडा अबिधेशन सम्वन्धित वडाहरुमा हुने जनाईएको छ ।एमाले भित्र वडा अबिधेशन र पािलका अबिधेशनको मिति हेरफेर हुने चर्चा चलेकोले कुनै निर्णय स्थायी कमिटीले गरेमा साह अनुसार परिमार्जन हुने अन्यथा तोकिएकै मितिमा हुने एमाले कपिलवस्तुको भनाइछ । यसैबीच कात्तिक ६ गते हुन लागेको वडा अधिवेशन र कात्तिक ९ गते हुने नगर अधिवेशनको तयारीका निम्ति बाणगंगाका सबै वडाहरुका वैठक सम्पन्न भएको एमाले बाणगंगाले जनाएको छ । नगर कमिटी अध्यक्ष युवराज पोख्रेलका अनुसार वडा तथा नगर कमिटीमा सर्ब सम्मत नेतृत्व चयन गरिने दावि गनुभयो ।
प्रतिक्रिया