पर्यटन

बागमती प्रदेशमा आधा आधा समय पाण्डे र बनियाले सरकारको नेतृत्व गर्ने सहमति



हेटौंडा, ४ कार्तिक  । बागमती प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।

मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया शुरु भयर १० गते लाई सरेको छ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै छन ।

‘गठबन्धनका शीर्ष नेताहरुबीच कांग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको र सोहीअनुसार अघि बढ्ने तयारी छ’, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले भने ।
प्रमुख सचेतक माझीका अनुसार पहिला एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने छन् ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६