जीवनशैली

कोरोना महामारीको संक्रमण अझै एक वर्ष लम्बिने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी



काठमाडौं
४-कार्तिक/ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना महामारीको संक्रमण अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ । कोरोना भाइरस विरुद्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै महामारी लम्बिने चेतावनी दिइएको हो ।


गरिब देशले आवश्यकता अनुसार अझै खोप पाइनसकेकाले सन् २०२२ मा पनि कोरोनाको जोखिम कायमै रहने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

‘डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस यलवार्डले गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु भनेको नै कोरोनाको महामारी सन् २०२२ सम्म लम्बिनु हो, भनेका छन् ।’ धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकहरुले कम आय भएका देशहरुलाई प्राथमिकता दिन नसकेको उनको भनाइ छ । त्यस्तै उनले धनी देशहरुलाई प्रतिवद्धता अनुसारको खोपको आपूर्ति गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६