प्रदेश

पूर्व न्यायाधीश फोरमले गरयो प्रधानन्यायाधीशको आचरणमा गम्भिर शंका



काठमाडौं, ५ कार्तिक। पूर्व न्यायाधीश फोरमले प्रधान न्यायाधीशको आचरणमा गम्भिर शंका व्यक्त गर्दै न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा पैदा भएको बताएको छ ।

पूर्व न्यायाधीश फोरमले शुक्रबार विज्ञप्ति निकाल्दै प्रधानन्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफै न्यायकर्ता हुने गरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफै सामेल हुने अभिरुचिले न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न भएको बताएको हो ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहको अस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक प्रावधान भन्दामाथि रहेको प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गर्नुको सट्टा प्रधानन्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफै न्यायकर्ता हुने गरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफै सामेल हुने अभिरुचि र प्रयासले सम्पूर्ण न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न हुनुका साथै प्रधानन्यायाधीशको भूमिका उपर नै यथार्थ परक रुपमा शंका खडा भएको छ ।

सर्वोच्च अदालतद्वारा सर्वोच्च अदालत उपर नै अन्तरिम आदेश जारी हुनु, न्यायिक मान्यता विपरीतको त्रुटिपूर्ण अन्तरिम आदेश बेलैमा सच्याउन सकिने प्रक्रिया र पद्धति अवलम्बन नहुनु, वार र बेन्चबीच सम्पन्न सहमति विपरित इजलास तोकिनु जस्ता क्रियाकलापले न्यायिक नेतृत्वप्रति जनमानसमा शङ्का उत्पन्न गराएको छ ।’ वर्तमान न्यायिक नेतृत्वको संवैधानिक दायित्व निर्वाहमा नै गम्भीर शङ्का उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौं । साथै न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशलाई अगाडि आउन पनि हामी अनुरोध गर्दछौं ।

न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरुको नै हो भनी हामी पूर्व न्यायाधीशहरू स्मरण गराउन चाहन्छौं । न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनको लागि अग्रसर हुन कार्यरत न्यायाधीशहरु, कानुन व्यवसायीहरु एवं न्यायका सम्पूर्ण उपभोक्ताहरु र समग्र चेतनशील नेपालीहरुमा हामी हार्दिक आह्वान गर्दछौं ।’

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६