प्रदेश

१० बुँदे कार्यन्वयन सहजिकरण कार्यदलवाट रावलको राजीनामा



काठमाडौं  ५ कार्तिक । नेकपा एमालेका नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनमा दिने घोषणा गरेका छन् । रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।

उनले १० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन् । यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको उनको भनाई छ । आगामी योजनाबारे छलफल गरिने रावलले बताएका छन् ।

रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ बैठकपछि उपाध्यक्ष रावलले भने । राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने उनले बताए ।

रावलले स्थायी कमिटी बैठकमा १० बुँदे सहमतिका विषयमा फरक मत राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । रावलले प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको बताए ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६