अर्थ-वाणिज्य

प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे



काठमाडौं ५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीले मुख्यमन्त्रीको दल वा सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यताअनुसार मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन् ।

नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेका छन् भने विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी गर्दै आएको छ ।

बैठक स्थगित
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए । अर्को बैठक कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६