प्रदेश

लुम्बिनी प्रदेशमा बेमौसमी वर्षाका कारण ५ अर्बको धान नोक्सान



बुटवल
५-कार्तिक/ बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोले लुम्बिनी प्रदेशमा ५ अर्ब रुपैयाँ बराबरको धान लगायतका बालीनाली नोक्सान भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण प्रदेशमा धान लगायत अन्य खाद्यान्न बालीमा साढे ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।


असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको भारी वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिकामा एक हजार २७ र गेरुवा गाउँपालिकामा २ सय १० घर परिवार प्रभावित भएको प्रदेश सरकारले जनाएको छ । प्रदेशमा ३६ हजार ४ सय ८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरको नकाटेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुँदा ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको मुख्यमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

धान लगायत बालीमा क्षति भएका परिवारलाई संघीय र स्थानीय सरकारको समन्वयमा राहत प्रदान गर्ने मुख्यमन्त्रीले केसीले घोषणा गरेका छन् । प्राकृतिक विपत्तिले बढी प्रभावित बर्दिया र बाँकेमा राहत र उद्धार सामग्रीसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई पठाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

खेतमा रहेको किसानहरुको धानबाली उठाउन सहयोग गर्न मुख्यमन्त्री केसीले जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका भातृ संगठन र सामाजिक संघसंस्थालाई अपील समेत गरेका छन् ।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६