प्रदेश

प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्पताल भर्ना किन भए त ?



काठमाडौं, ६ कार्तिक । नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि घरमै आराम गरेका भट्टराईलाई ज्वरो नघटेपछि शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन्।

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए । बिरामी भएकै कारण भट्टराई बिहीबारको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।

डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको गुरागाईले जानकारी दिए ।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६