प्रदेश

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्ने बैठक १२ कार्तिकमा



काठमाडौं ६ कार्तिक । नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी १२ कात्तिकमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस अगाडि ११ कात्तिकमा स्थायी कमिटी बस्नेछ ।

आजको बैठकले केन्द्रीय कमिटीअगावै १०बुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय पनि गरेको छ । ‘बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ’, प्रवक्ता ज्ञवालीले भने ।

ज्ञवालीले १२ कात्तिकसम्म १० बुँदे कार्यान्वयन भइसक्ने भने पनि कार्यदलका संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नहुने भनेको भन्दै संयोजकबाट राजीनामा दिइसकेका छन् ।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६