प्रदेश

प्रेस सेन्टर नेपाल कपिलवस्तुले पायो नयाँ नेतृत्व, अध्यक्षमा बेल्बासे ।



कपिलवस्तु, ६ कार्तिक । प्रेस सेन्टर नेपाल कपिलवस्तुले नयाँ नेतृत्व पाएको छ । अर्जुन बेल्बासेको अध्यक्षमा प्रेस सेन्टर नेपाल कपिलवस्तुको २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा शनिबार भएको अधिवेशनबाट बेल्बासेको अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो ।

जसको खुल्ला उपाध्यक्षमा भुपाल थापा, समावेशी उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा माधव बेल्बासे, सह सचिव (खुल्ला) मा रमेश गैरे, सह सचिव (समावेशी) मा शैलन्द्र श्रीमाल, कोषाध्यक्ष हरि घिमिरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक डिलाराम भुषालले जानकारी दिनु भयो । 

अधिवेशनमा प्रेस सेन्टर लुम्बिनी प्रदेश संयोजक मानसिंह विकले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूले स्वच्छ तथा निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो । लामो सर्घष पछि अहिलेको व्यवस्था आएको भन्दै यो व्यवस्थालाई टिकाई राख्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । लुम्बिनी प्रदेशको बजेटको विषयमा अनेक टीकाटिप्पणी आएको र त्यस्ता गलत टीकाटिप्पणीका विरुद्धमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले पत्रकारहरूले सत्य तथ्य आधारमा समाचार नागरिकहरू समक्ष लैजानुपर्ने बताउनुभयो । देश र जनताका लागि माओवादी केन्द्रले गरेका क्रियाकलापहरू नागरिकहरू समक्ष पु¥याउन पत्रकारहरूले कन्जुसाई गर्न नहुने बताउनुभयो । कतिपय पत्रकारहरू चुनावको बेलामा मात्र पत्रकार हुने भएकोले त्यस्ता व्यक्तिलाई नेतृत्व दिन नहुने टिप्पणी गर्नुभयो । समाचार लेख्ने पत्रकारहरू सधैँ पछाडि पर्ने भएकोले अधिवेशनले सक्रिय पत्रकारहरूलाई एकजुट बनाउने माध्यम रहेको बताउनुभयो ।

जिल्ला कार्यालय सचिव सरोज खनालले गत दुई कार्यकाल पत्रकार महासङ्घको नेतृत्व प्रेस सेन्टरले पाएको र आगामी दिनमा पनि सेन्टरले पाउने बताउनुभयो । सखामा भन्दा पनि गुणस्तरमा ध्यान दिने बताउँदै कलम चलाउने पत्रकारहरूको भूमिकालाई मुल्याङकन गरिने बताउनुभयो । नव निर्वाचित अध्यक्ष बेल्वासेले आगामी दिनमा सङ्गठनलाई मजबुत बनाउने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश अध्यक्ष वसन्त गिरी,जिल्ला ईन्चाज डिलाराम भुसाल,संगठनका केन्द्रीय सदस्य मनिस कार्की,दलित पत्रकार सङ्घका प्रदेश अध्यक्ष चिन्ता परियार,वाई सी एलका केन्द्रीय सदस्य शिव बन्जाडे,अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष हरिस खनाल लगायतले शुभकामना दिनुभएको थियो । 

अधिवेशनबाट संघको प्रतिनिधिमा चिन्ता परियार, राजेश चौधरी, मनिष गुप्ता र जुमना तेली निर्वाचित भएका छन । साथै अधिवेशनले स्वेता गीरी ,शैलेन्द्र श्रेष्ठ, राजेन्द्र खनाल, विजय पौडेल(आभाष), शिव वञ्जाडे, भुपेस थापा, कविता गौतम, सुरक्षा चौधरी, कमल बञ्जाडे, प्रताप ज्ञवालि, दिपक भण्डारी लाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ ।  

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कपिलवस्तु संयोजक विष्णु शाह, पत्रकार विभाग इन्चार्ज सरोज खनाल, प्रेस सेन्टर जिल्ला इन्चार्ज डिलाराम भुसाल, केन्द्रिय सदस्य मनिष कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६