प्रदेश

एमाले पालिका अधिवेशनका निम्ति २ हजार ६ सय ८४ प्रतिनिधी चयन, जिल्लाका दश स्थानिय तहमै वडा कमिटी निर्वाचित ।



 कपिलवस्तु, कात्तिक ६ । प्रथम राष्ट्रिय विधान महाधिवेशन सम्पन्न गरी आक्रामक रुपमा वडा, गाउँ, नगरमा केन्द्रित रहेको एमालेले कपिलवस्तु जिल्लाबाट प्रतिनिधी  तथा वडाको नेतृत्व चयन गर्ने काम सम्पन्न गरेको जनाएको छ । कपिलवस्तु जिल्लाका  ६ नगर कमिटी र ४ पालिका स्तरका कमिटीबाट २ हजार ६ सय ८४ जना प्रतिनिधी चयन गरेको एमाले जिल्ला संगठन विभागले जनाएको छ । शनिवार नै दश स्थानिय तहका वडा कमिटीको नेतृत्व समेत एकै साथ चयन गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

बाणगंगा नगरपालिकाको वडा नं. ७ को वडा अधिवेशनको उद्घाटन एमाले केन्द्रिय कमिटी तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारीलाल न्यौपानेले गर्नु भएको छ । उद्घाटन गर्दै सहईन्चार्ज न्यौपानेले एमाले आफ्नो कामबाट जनताको मन जितेको बताउनु भयो ।  

त्यस्तै एमाले कन्द्रिय कमिटी सदस्य ,कपिलवस्तु इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेल बाणगंगा न.पा. वडा नं. ८ को वडा अधिवेशनको शुभारम्भ गर्दै सामाजिक, साँस्कृतिक एवम् आर्थिक विकासका एमालेले ऐतिहासिक कार्य गरेको बताउनु भयो । एमाले लुम्बिी प्रदेश कार्यालय सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले बाणगंगा न.पा.वडा न.२ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ  । 

 एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बाणगंगा न.पा. वडा नं. ५ र वडा नं. ९ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ । त्यस्तै एमाले प्रदेश कमिटी सदस्य डम्मर शर्माले बाणगंगा न.पा. वडा नं. ११ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको हो । संविधान सभा सदस्य विश्राम प्रसाद थारुले बाणगंगा न.पा.को वडा न. ६ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको हो  । एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालले कपिलवस्तु न.पा. वडा नं. १ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ । 

एमाले जिल्ला सचिव बाबुराम आचार्यले बाणगंगा न.पा. वडा नं. ४ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ । त्यस्तै एमाले नेता तथा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगा न.पा. वडा नं. ३ र १० को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको हो । 

एमाले नेता तथा विजयनगर गाउँपालिकाका प्रमुख  गोपाल थापाले विजजनगर गाउँपालिका वडा नं ३ र४ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको हो । त्यस्तै लुम्बिनी प्रदेश कमिटी सदस्य सूर्य कुमारी शाहीले बाणगंगा नगरपालिका वडा नं. १ को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको छ । त्यस्तै लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पौडेलले महाराजगन्ज नगरको वडा नं. १को वडा अधिवेशनको शुभारम्भ गर्नु भएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।  

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६