अर्थ-वाणिज्य

एमाले कपिलवस्तुमा निर्वाचित वडा नेतृत्व यस्तो छ



कपिलवस्तु ७ कार्तिक । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज शनिबार मुलुकभर ६ हजार सात सय ४२ वडा मध्ये प्राय सबैमा वडास्तरका अधिवेशन सम्पन्न भएका छन् ।वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । 

यसैविच नेकपा  एमाले कपिलबस्तुले  जिल्लाका ९६ वटा वडा मध्ये आज ९२ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमाले प्रचार विभागका अनुसार कपिलवस्तु नगरका २ वटा वडा यशोधराका १ वटा वडा र बुद्धभूमीका १ वटा वडामा प्रविधिक कारणले वडा अधिबेशन सम्पन्न हुन नसेको र भोली नै वडा अबिधेशन हुने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलको बुद्ध खवरलाई जानकारी दिनु भयो ।  उहासंग हामी प्रत्यक्ष संवाद केहिछिन पछि गर्नेछौं । त्यो भन्दा अघि एमाले अधिबेशनको ताजा अपडेड प्रस्तुत गर्दैछौं । 

बाणगंगा नगरपालिकाका ११ वटै वडामा वडा एमालेको अधिवेशन सम्पन्न भएका छन् । बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रलले दिएको जानकारी अनुसार वडा नं १मा गंगा कुमारी भटराईको अध्यक्षतमा वडा कमिटी बनेकोछ । यस्तै वडा नं २को अध्यक्षमा नहकुल शाही ३ को अध्यक्षमा खगेन्द्र घिमिरे ४ को अध्यक्षमा देवि पाण्डे, ५ को अध्यक्षमा वावुराम अर्याल ,६ को अध्यक्षमा नमनारायण शर्मा न्यौपाने  सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ । वडा नं  ८ को अध्यक्षमा  गिता भुसाल , ९को अध्यक्षमा विन्द्र वहादुर गुरुङ ,१०को अध्यक्षमा  शिवचरण चौधरी र वाणगंगा  वडा नं ११ को वडा कमिटी अध्यक्षमा  चेतनारायण ढकाल सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ । बाणगंगाका  वडा कमिटी प्राय विधान अनुसार पूर्ण क्षमतामा ३१ सदस्यीय  गठन भएका छन् । 

नगर अबिधेशनकालागि प्रतिनिधी छनौट समेत सर्ब सहमत रुपमा भएको छ । विभिन्न वडाहरुमा भएको अधिबेशनलाई केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, विमला घिमिरे , प्रदेश नेता वलराम अधिकारी जंजिर थारु डम्मर शर्मा , जिल्ला अध्यक्ष झविलाल पोख्रेल , सचिव वावुराम आचार्य उपसचिव विश्राम थारु लगायतका नेताहरुले उद्घाटन गर्नु भएको नगर अध्यक्ष पोखरेलको भनाइछ । उहाले नव निर्वाचित नेतृत्वलाई बधाई र खटिने सबैमा आभार प्रकट गर्नु भएको छ । 

 यता  कपिलवस्तु नगरपालिकामा  भएको वडा अधिबेशनवाट वडा नं १मा टिकाराम पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्बसहमत रुपमा गठन भएको छ । त्यस्तै वडा नं २ मा जाफर अलिको अध्यक्षतामा १३ सदस्यीय , वडा नं ४ मा युनुश मुसालमानको अध्यक्षतामा १५ सदस्यीय , वडा नं ६ मा यमलाल भुसालको अध्यक्षतामा १९ सदस्यीय एमाले वडा कमिटी सर्बसहमत रुपमा गठन भएका छन् । कपिलवस्तु नगरपालिकाको वडा नं ७ मा बृज विलास सिंहको अध्यक्षतमा २१ सदस्यीय वडा सकृयदल गठन भएको छ । वडा नं ९ मा रिसव पौडेलको अध्यक्षतामा २१ सदस्यीय , वडा नं १० मा कमल हमालको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएका छन् । 

यस्तै कपिलवस्तु नगरपालिकाकै वडा नं ११ मा अभिरुल्लाह फकिरको अध्यक्षतामा २१ सदस्यीय , वडा नं १२ मा राम बृक्ष कोहारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएका छन् । कपिलवस्तु नगरपालिकाका विभिन्न वडाहरुमा एमालेका प्रदेश नेताहरु शान्तिदेवि चमार , खुम प्रसाद आचार्य ,आजाद अहमद दर्जी , शारदा शर्मा , जिल्ला उपाध्यक्ष वावुराम खनाल, जिल्ला सदस्य शरिता आचार्य , हिरालाल पौडेल , भेषराज पाण्डे राम मिलन थारु , किरण देवकोटा ,सुन्दर पाण्डे लगायतले वडा अबिधेशनको समुद्घाटन गर्नु भएको एमाले कपिलवस्तु नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो ।  

यस्तै महराजगंज नगरपालिकाको वडा नं १ को अध्यक्षमा जगदिश तेली , २को अध्यक्षमा हेमन्त कुमार चौहान,३को अध्यक्षमा मोहम्मद अलि फकिर,४को अध्यक्षमा  मकवुल प्रसाद चौधरी , ५ को अध्यक्षमा धर्म किशोर मौर्य, ६ को अध्यक्षमा शिवपुजन यादव ७ को अध्यक्षमा सलिम मुसलमान , ८ को अध्यक्षमा कृष्ण प्रसाद कोहार , ९ को अध्यक्षमा इलियास अहमद १०को अध्यक्षमा फरिद अहमद र ११ को अध्यक्षमा मनिराम गुप्ता निरविरोध निर्वाचित हुनु भएको छ । 

महाराजगंगका वडा अधिबेशनको उद्घाटन एमालेका प्रदेश नेता टेकराज पौडेल डम्मर शर्मा, जिल्ला नेता मेराज खान लगायतले गर्नु भएको थियो । यस्तै शिवराज कृष्णनगर  लगायतका नगरपालिका र विजयनगर मायादेवि शुद्धोधन लगायतका सबै गाउपालिकामा अधिबेशनहरु सम्पन्न भएका छन् । 

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६