काठमाडौं ६ कार्तिक । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीका अनुसार विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको उनले जानकारी दिए ।
‘बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ ।








प्रतिक्रिया